पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानविपरीत गएर संसद विघटनको प्रस्ताव गरेको आरोप लगाएका छन्।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न प्रस्ताव गरेको केही समयमानै सामाजिक सञ्जाल ट्विटरमा एक भिडियो सन्देश दिँदै डा. भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले संसद विघटनको प्रस्ताव अत्यन्त दुखद् भएको बताउँदै उनले यो लकतन्त्रको मर्म र संविधानको प्रावधानविपरीत भएको बताए।
उनले यो लोकतन्त्रको हितमा नभएको भन्दै सवैतिरबाट प्रतिवाद गर्न आग्रह गरेका छन्।
3
Shares

प्रतिक्रिया