सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सुरु भएको बैठकमा अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओली सहित उनी निकट नेताहरु अनुपस्थित छन्।
बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ छन्। उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य रामबहादुर थापा र ईश्वर पोखरेल बैठकमा आइपुगेका छैनन्।
यस्तै प्रचण्ड–नेपाल निकट अन्य नेताहरु भने बैठकमा आइपुगेको स्रोतले जनायो।
सरकारले संसद विघटनको सिफारिस गरेपछि नेकपाको बैठकको मूल एजेण्डा यही विषय बन्ने नेताहरु बताउँछन्।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधी निर्वाचन घोषणा गरेकी छन्।

प्रतिक्रिया