प्रधानमन्त्री केपी शर्मा ओलीले संसदे् विघटनको सिफारिस गर्नुअघि नै संघीय संसदमा उनी विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको खुलेको छ।
संसद् सचिवालयमा दर्ता भएको सो अविश्वासको प्रस्तावमा सत्तारुढ दल नेकपाकै ९० जना सांसदको हस्ताक्षर रहेको स्रोतले जनायो।
‘प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुअघि नै नेकपाका ९० जना सांसदहरुले संघीय संसदको सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको छ,’ संसद् सचिवालय स्रोतले नेपालखबरसँग भन्यो।
बिहान साढे १० बजे सो प्रस्ताव दर्ता भएको थियो। नेकपाका १ सय ७५ जना सांसद छन्।
आइतबार बिहान आकस्मिक मन्त्रिपरिषद्को बैठक राखेर प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका थिए।
राष्ट्रपति भण्डारीले दिउँसो संसद् भंग भएको जानकारी गराउँदै २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभाको चुनाव घोषणा गरेकी छिन्।

Shares

प्रतिक्रिया