राजनीति


कञ्चनपुरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन

कञ्चनपुरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन

गोकुल जोशी
पुस १४, २०७७ मंगलबार १०:३,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले कञ्चनपुरको महेन्द्रनगरमा संसद विघटनको विरोधमा ‘शक्ति प्रर्दशन’ गरेको छ।

प्रतिनिधि सभाको विघटनका विरुद्ध मंगलबार नेकपाको प्रचण्ड–नेपाल समूहले प्रदर्शन गरेको हो। महेन्द्रनगर खुलामञ्चदेखि सुरु भएको र्‍याली बजार परिक्रम गर्दै स्मारकमा गएर कोण सभामा परिणत भएको छ।

विरोध सभालाई नेकपाका स्थायी कमिटि सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रदर्शनमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङ, प्रकाश रावल, बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द, पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन थापा लगायत स्थानीय जनप्रतिनिधि, नेता, कार्यकर्ताको सहभागीता रहेको छ।

प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘पार्टी एकता जिन्दावाद’ लगायतका नारा लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad