साउदी अरबले कतारसँगको जमिन र समुन्द्री सीमा खुला गर्न लागेको कुवेतले जानकारी दिएको बीबीसीले जनाएको छ।
खाडी देशहरुको लागि यो ठूलो घटना हो किनभने कतारको छिमेकी देशहरुसँग विवाद छ।
साउदीले मंगलबार गल्फ कोअपरेसन काउन्सिल जीसीसीको सम्मेलनमा कतारमाथिको नाकाबन्दी हटाएको जानकारी दिने बताइएको छ।
एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार विवाद समाप्त गर्नका लागि हस्ताक्षर हुनेछ। कतारमाथि साउदी अरबसहित अन्य छिमेकी राष्ट्रले आतंकवादलाई बढावा दिएको आरोप लगाएका थिए।
सन् २०१७ मा साउदीको नेतृत्वमा कतारमाथि नाकाबन्दी लगाइएको थियो।
साउदीसँगै यूएई, बहराइन तथा इजिटप्ले कतारमाथि नाकाबन्दी लगाएका थिए। कतारमाथि व्यापारिक, राजनीतिक, तथा यात्रा प्रतिबन्ध लगाइएको थियो।
कतार एक सानो तर धनी राष्ट्र हो। कतारले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्दैछ। कतारले आतंकवादलाई समर्थन गरेको आरोपलाई दोहोर्याउँदै झुठो भएको बताउँदै आएको थियो।
तीनवर्ष लामो प्रतिबन्धले पनि कतारलाई कुनै असर नगरेपछि यतिबेला साउदी लगायतका मुलुकले कतारमाथिको प्रतिबन्ध हटाउन लागेको हो।
विश्लेषकहरुले सानो मुलुकसँग अन्ततः अरब झुक्न बाध्य भएको विश्लेषण गरेका छन्।
कतार प्राकृतिक ग्यासको भण्डार हो। त्यहाँ अथाह ग्यास भएको बताइन्छ। पेट्रोलियम र प्राकृतिक ग्यासबाट मात्रै कतारले वार्षिक रुपमा ७० प्रतिशत राजस्व संकलन गर्दछ।
Shares

प्रतिक्रिया