समाज


सीताराम हाछेथूसँग भिडियो वार्ताः नगरप्रहरीको छवि सुधारमा कस्तो सूत्र प्रयोग गर्दै हुनुहुन्छ?

सीताराम हाछेथूसँग भिडियो वार्ताः नगरप्रहरीको छवि सुधारमा कस्तो सूत्र प्रयोग गर्दै हुनुहुन्छ?

लक्ष्मी जि.सी
पुस २१, २०७७ मंगलबार ७:२२,

सीताराम हाछेथू ट्राफिक प्रहरीमा राम्रो कामका लागि ‘वाहवाही’ कमाएको नाम हो।

ललितपुरको ट्राफिक प्रहरी प्रमुखमा कार्यरत हुँदाहुँदै ३० वर्षे राष्ट्रसेवाबाट हाछेथूले करिब २ वर्षअगाडि अवकाश लिए। तर सामाजिक र सार्वजनिक उत्तरदायित्वबाट उनले आफूलाई कहिल्यै टाढा राखेनन्। हाल उनी ललितपुरकै नगरप्रहरी प्रमुख छन्।

जिम्मेवारी सम्हालेपछि अहिले उनी नगरप्रहरीलाई आम मानिसले हेर्ने दृष्टिकोण परिवर्तन गराउँदै छन्।

यसको प्रेरणा भने एउटा स्कुले बालकबाट लिएका रहेछन्। एक स्कुलको कार्यक्रममा ती बालकले नगरप्रहरी मन नपर्ने बताएका थिए।

‘एक दिन फुटपाथ व्यवसाय गर्ने ती बालकको आमाको सामान सबै नगरप्रहरीले उठाएर लगेको र पाउनुसम्म दुःख पाएकोले उनलाई नगरप्रहरी मन नपरेको रहेछ’, हाछेथूलाई यसले भित्रभित्रै बिझायो र लाग्यो, ‘नगरप्रहरीको छवि सुधार्ने हो भने व्यवहारमा सुधार त हुनैपर्छ।’

Sitaram Hachhethu lalitpur nagar police

संयोगवश हाछेथूले त्यही सुधार गर्ने जिम्मेवारी पाएका छन् र यसलाई प्रेरणा मानेर काम गरिरहेका छन्। उनको कामले परिणाम पनि दिन थालिसकेको छ।

नेपालखबर प्रतिनिधि उनको कार्यालयमा पुग्दा हाछेथूले अर्को एउटा उदाहरण सुनाए–

‘एक दिन बिहानै महिला नगरप्रहरी निकै उत्साहित हुँदै आएर सुनाइन्, सर! मैले हिजो त ड्रेस नै लगाएर घर गएँ, आज पनि घरबाट नै ड्रेस लगाएर आएँ।’

‘किन?’, हाछेथूले उनलाई सोधे।

उनले भनिन्, ‘घरमा श्रीमान र सासुलाई देखाउन।’

त्यसअघि सधैँ घरमा जाँदा लुगा फेरेर मात्रै जाने नगरप्रहरीमा बढेको आत्मबलको यो एउटा उदाहरण भएको हाछेथु बताउँछन्।

हाछेथूको आगमनसँगै ललितपुरमा नगरप्रहरीले लगाउने ड्रेस परिवर्तन भएको छ। ड्रेसमात्र होइन, व्यवहार पनि सुध्रिएको छ, आम मानिसले नगरप्रहरीबारेको सोच बदल्नथालेका छन्। जिम्मेवारी पाएको केही महिनामै यो कसरी सम्भव भयो त?

ललितपुर प्रहरी प्रमुख हाछेथुसँग गरिएको यो भिडियोवार्ता हेर्नुहोस् :

यो पनि –
जसले नगरप्रहरीको पोसाकदेखि व्यवहारसम्म बदले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .