कारोबार


टिकटकबाट आन्तरिक पर्यटन प्रवर्द्धनः ठाउँ घुमेर राम्रो भिडियो बनाउनेलाई बोर्डले २० हजार दिने!

टिकटकबाट आन्तरिक पर्यटन प्रवर्द्धनः ठाउँ घुमेर राम्रो भिडियो बनाउनेलाई बोर्डले २० हजार दिने!

नेपालखबर
पुस २१, २०७७ मंगलबार ७:३६,

नेपाल पर्यटन बोर्ड अब टिकटकमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन सुरु गरेको छ।

कोभिडको मारमा परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन टिकटक प्रतिस्पर्धा समेत सुरु गरेको हो।

बोर्डले तत्काल विदेशी पर्यटक आउने सम्भावना कम भएको भन्दै आन्तरिक पर्यटकमार्फत पर्यटकीय गतिविधि बढाउने प्रयास थालेको कार्यकारी अधिकृत धनन्जय रेग्मीले बताए।

बोर्डले २२औँ वार्षिकोत्सवको अवसर पारेर टिकटक प्रतिस्पर्धा सुरु गरेको छ। बजेटमा उल्लेख भएको ‘देश दर्शन कार्यक्रमलाई’ सहयोग पुग्ने गरी देशका विभिन्न ठाउँमा घुमेर टिकटक बनाउनेलाई २० हजारसम्म पुरस्कार दिने व्यवस्था गरेको छ।

प्रतिस्पर्धामा भाग लिनको लागि पर्यटकले नेपाली र अंग्रेजी दुवै भाषमा टिकटक बनाउन सक्नेछन्।

सहभागीले टिकटक बनाएर ह्यासट्याग नेपाल टुरिजम बोर्ड र ह्यसट्याग देशदर्शन लेखी ‘पब्लिस’ गर्नुपर्नेछ। बोर्डको टिकटक एकाउन्ट समेत ट्याग गर्नुपर्ने बोर्डले उल्लेख गरेको छ। टिकटक भिडियो १५ सेकेन्डदेखि १ मिनेटसम्म हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad