राजनीति


चिनियाँ सेनालाई राष्ट्रपति सीको निर्देशनः जुनसुकै बेला युद्ध हुनसक्छ, तयार रहनू

चिनियाँ सेनालाई राष्ट्रपति सीको निर्देशनः जुनसुकै बेला युद्ध हुनसक्छ, तयार रहनू

नेपालखबर
पुस २१, २०७७ मंगलबार १०:४०,

जुनसुकै बेला पनि युद्ध हुनसक्ने खतरा बढेकाले उनले युद्धको लागि ‘हरेक सेकेन्ड’ तयार हुन आफ्ना सेनालाई निर्देशन दिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

केन्द्रीय सैन्य आयोगका प्रमुख समेत रहेका सीले आफ्ना सेनालाई पुरा समय लडाइँको रणनीतिमा खर्चिन पनि निर्देशन दिएका छन्।

उनले अग्रपंक्तिका सेनाको क्षमतालाई बढाउने अभ्यासहरु सुरु गर्न पनि भनेका छन्। सैन्य अभ्यासहरुमा प्रविधिको प्रयोग व्यापक रुपमा गर्न लगाइएको छ।

सीको पछिल्लो निर्देशन भारत र ताइवानतर्फ केन्द्रित भएको अनुमान गरिएको छ।

सन् २०२० मा चीन र भारतका सेनाबीच लद्दाखको सीमा क्षेत्रमा झडप भएको थियो। उक्त झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो। हालसम्म उक्त सीमा विवाद समाधान हुन सकेको छैन।

यस्तै चीनले आफ्नो क्षेत्र भएको दाबी गर्ने ताइवानसँग उसको विवाद दिनदिनै बढ्दै गएको छ। चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चेतावनी दिइरहँदा ताइवानले आफू स्वतन्त्र मुलुक भएको बताउँदै आएको छ।

पछिल्लो समय ताइवानले चिनियाँ खतरासँग जुध्ने भन्दै अमेरिकाबाट हतियारहरु खरिद गर्न थालेको छ। अमेरिकी सैन्य जहाजहरु चीन र ताइवानको समुद्री सीमासम्मै पुग्ने गरेको छ।

यसबीचमा चिनियाँ युद्धक विमानहरु दोहोरिँदै ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad