राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले आफू हीनताबोधका साथ सांसदमा उपस्थित भएको बताएका छन्।
शुक्रबार राष्ट्रियसभामा विशेष समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट सांसद दाहालले नेकपा विभाजनको असर संसदमा देखिएको र त्यसमा कांग्रेस लगायतका दलहरु रमिते बनेको बताए। उनले नेकपा सांसदको गालीगलौज देखेर कांग्रेस सांसदहरुले मनोरञ्जन गरिरहेको बताए।
उनले नेपालको कम्युनिस्ट आन्दोलन ओरोलो लागेको बताउँदै सदनमा प्रतिपक्षलाई पनि उछिनेर सत्तापक्षकै साथी सरकारविरुद्ध गालीगलौजमा उत्रिएको देख्दा आफूलाई कठैबरी भन्न मन लागेको बताए।
‘नेपालको कम्युनिस्ट आन्दोलन ओरोलो लागेको छ। प्रतिपक्ष कांग्रेसका साथीहरु रमिते बन्नुभएको छ, एकहिसाबले उहाँहरुले मनोरन्जन गरिरहनुभएको छ’, उनले भने, ‘किनभने प्रतिपक्षलाई पनि उछिनेर सत्तापक्षकै साथीहरु यो सरकारको विरुद्धमा उत्रनुभएको छ।’
उनले प्रतिनिधिसभा निर्वाचनको घोषण प्रतिपक्षी कांग्रेसलाई अनुकूल अवस्था भएको भए पनि उनीहरुले जनतामा जान डराएको बताए।
‘प्रतिनिधि सभा विगठन भएर नयाँ निर्वाचनको घोषणा प्रतिपक्षलाई अझै राम्रो हुनु पर्ने होइन र? अझै अनुकूल अवस्था होइन र?’ उनले प्रश्न गरे।
उनले कांग्रेसले भ्रष्टाचारको कुरा गरे पनि अख्तियारले दोषी ठहर्याएका सबै भन्दा धेरै नेता कांग्रेसकै भएको बताए।
Shares

प्रतिक्रिया