टाइम्स नाउँका अनुसार भारतको रक्षा मन्त्रालयले अरुणाचलमा सैन्य क्याम्पहरु स्थापना गर्ने योजना बनाएको छ।
अरुणाचलको योर्नी दोस्रो भन्ने क्षेत्रमा भारतीय सैन्य क्याम्पहरु खडा गरिनेछ। यस क्षेत्र वास्तविक नियन्त्रण रेखा एलएसीभन्दा ३० किलोमिटर टाढा छ।
एनडीटीभीले गत जनवरी १८ मा प्रकाशित गरेको समाचार अनुसार चीनले भारतको साढे ४ किलोमिटर जमिन अतिक्रमण गर्दै बस्ती बसाएको छ।
चीनले निर्माण गरेको बस्ती अप्पर सुबानसिरी जिल्लास्थित सारी सु खोलाको किनारमा छ। सो क्षेत्रमा चीनले आफ्नो दाबी प्रस्तुत गरेपनि उक्त क्षेत्र आफ्नो भएको भारतको भनाइ छ।
(तस्बिर: प्लानेट ल्याब)
तर चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले सबै विकास निर्माणको काम आफ्नै भूमिमा भएको बताएकी छिन्।
भारतले प्रदेश मान्दै आएको अरुणाचल क्षेत्र चीनले आफ्नो भूमि भएको दाबी गर्दछ।
चीन अरुणाचल प्रदेशलाई आफ्नो दक्षिण तिब्बती क्षेत्र भएको बताउँछ। टाइम्स नाउँ
यो पनिः अरुणाचलमा चिनियाँ गाउँः गरिबी निवारण कार्यक्रम अन्तर्गत बस्ती बनाएको भनाइ

प्रतिक्रिया