राजनीति


आम हड्तालका लागि नेकपाले तोक्यो ११ स्थानका कमान्डर

आम हड्तालका लागि नेकपाले तोक्यो ११ स्थानका कमान्डर

नेपालखबर
माघ २१, २०७७ बुधबार १२:५१,

नेकपाले बिहीबार घोषणा गरेको आम हड्ताल कार्यान्वयन गराउन राजधानीका ११ प्रमुख स्थानका लागि कमान्डर तोकेको छ।

पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको पार्टीले स्थायी समितिका सदस्यहरुलाई हड्तालका कमान्डर तोकेको हो।

बिहानैदेखि सुरु हुने आम हड्तालमा विद्यालय, यातायात, उद्योग, कलकारखाना सबै बन्द गराउने सो पार्टीले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ।

त्यसैका लागि काठमाडौंका ११ स्थानमा कमान्डर तोकिएका हुन्। जसअनुसार कलङ्की चोकमा युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, बल्खुमा बेदुराम भुसाल र सातदोबाटोमा देव गुरुङ कमान्डर तोकिएका छन्।

त्यस्तै, पुल्चोकमा पम्फा भुसाल, कोटेश्वरमा लीलामणि पोखरेल, चाबहिलमा वर्षमान पुन र हरिबोल गजुरेल, नारायणगोपालचोक महाराजगञ्जमा शक्ति बस्नेत तोकिएका छन्।

गोंगबुमा भीम रावल, बालाजुमा रघुजी पन्त र रत्नपार्कमा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनार्दन शर्माले कमान्ड समाल्ने नेकपाले जनाएको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय संघर्ष समितिले सो कार्यक्रम राखेको हो। बुधबार आकस्मिक रुपमा पत्रकार सम्मेलन गरेर सो देशव्यापी राजनीतिक हड्तालको घोषणा गरको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad