लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कथित आरोपपत्र राजनीतिक स्टन्ट मात्रै थियो भन्ने कुरा पुष्टि भएको बताएका छन्।
प्रचण्डले आमहड्तालका क्रममा सडकमा कार्यकर्ताले नारा लगाउँदा रोकेको भन्दै ओली समूहका स्थायी समिति सदस्य समेत रहेका पोखरेलले त्यसले प्रचण्डको आरोपपत्र राजनीतिक स्टन्ट मात्रै भएको पुष्टि भएको दावी गरेका छन्।
‘प्रचण्डको कथित आरोपपत्र राजनीतिक स्टन्ट मात्र थियो भन्ने कुरा सडकमा एमसीसीविरुद्ध नारा लगाउन प्रचण्ड आफैँले रोकेबाट पुष्टि भएन र?’, पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
अध्यक्ष प्रचण्डले बिहीबार देशव्यापी आमहड्तालका क्रममा ललितपुरको पुल्चोकमा कार्यकर्ताहरुले एमसीसीविरुद्ध नारा लगाउँदा रोकेका थिए। शुक्रबार प्रचण्डले पार्टीले एमसीसीबारे आधिकारिक निर्णय नगरेका कारण आफूले रोकेको प्रस्ट पारेका छन्।

प्रतिक्रिया