राजनीति


संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको चुनौती : नेता पुन

संविधान र लोकतन्त्रको रक्षा गर्नु अहिलेको चुनौती : नेता पुन

नेपालखबर
माघ २३, २०७७ शुक्रबार १६:२३,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ७० वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा रहेकाले सोको रक्षाका लागि अहिलेको दबाब र सङ्घर्ष भइरहेको बताएका छन्।

नेकपा कास्की सम्बद्ध बौद्धिक सङ्घ सङ्गठन तथा जनवर्गीय सङ्गठनको संयोजनमा आज पोखरामा भएको विचार गोष्ठीमा उनले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, रोजगारी, आवास, खाद्य सुरक्षालगायतमा जनताको हक र अधिकार बढाएर संविधानमा समाजवादको आधार तयार गर्ने कुरा गरे पनि संविधानको रक्षा र लोकतन्त्रको रक्षा गर्नुपर्ने चुनौती थपिएको छ भने।

नेता पुनले पार्टीलाई विधि र पद्धतिका आधार सञ्चालन गर्ने र सबै नेता कार्यकर्तालाई वृत्ति विकासको अवसर प्रदान गरिने बताए।

उनले भने, ‘राजनीतिक, विचार, सिद्धान्त र पद्धतिका आधारमा पार्टी निर्माण गर्छौँ, प्रचण्ड–माधव नेपाललाई नचिने पनि उहाँहरुले नचिने पनि यस पार्टीमा हरेक पार्टी कार्यकर्ताको भविष्य छ र वृत्ति विकास हुन्छ भन्ने कुराको विधि सुनिश्चित गर्न तयार छौँ, गर्छौँ।’

अर्का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाली समाजको समग्र रुपान्तरणमा कम्युनिष्ट पार्टीको अहम् भूमिका रहे पनि पार्टीभित्रको गलत र आत्मकेन्द्रित प्रवृत्तिका विपक्षमा आफूलाई उभ्याउन कार्यकर्तालाई आग्रह गरे।

संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले प्रतिनिधिसभा विघटनको सिफारिस संवैधानिक प्रावधान र मान्यताका हिसाबले असंवैधानिक रहेको जिकिर गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad