संवैधानिक परिषद्ले गरेका विभिन्न संवैधानिक निकायमा गरेका पदाधिकारी नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज (आइतबार) हुँदै छ।
सभामुख सापकोटाले गत शुक्रबार दायर गराएको रिटको न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा आज सुनुवाइ हुने भएको हो।
सभामुख सापकोटाले संसद् नभएको अवस्थामा सुनुवाइ समिति नभएको भन्दै संवैधानिक परिषदका नियुक्तिसम्बन्धी सिफारिस फिर्ता पठाएका थिए।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका अध्यक्ष तथा पदाधिकारी गरी ३४ जनालाई नियुक्ति दिएका थिए।
सभामुख सापकाेटाले दर्ता गराएकाे रिट निवेदनमा राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्री, सदस्यहरु प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न संवैधानिक निकायमा नियुक्त पदाधिकारीलगायत ३९ जनालाई विपक्षी बनाइएको छ।
निक्तिकाे विराेधमा नेकपासहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नागरिक समाजसमेतले गरिरहेका छन्।
याे पनि :
संवैधानिक निकायमा गरिएका नियुक्ति बदर माग गर्दै सभामुखले दर्ता गरे यस्तो रिट निवेदन

प्रतिक्रिया