सरकारका कट्टर आलोचक एलेक्सी नभाल्नीको पक्षमा आयोजित प्रदर्शनमा सहभागी भएको भन्दै रुसले तीन युरोपेली मूलुकका राजदूतलाई देशनिकाला गरेको बीबीसीले जनाएको छ।
नभाल्नीलाई एक महिनाका लागि भन्दै गत महिना हिरासतमा लिइएको थियो। तर उनलाई गत महिना मात्र साढे ३ वर्षको जेल सजाय सुनाइएको छ।
यस लगत्तै रुपमा दैनिक विरोध प्रदर्शन भइरहेको छ। यस आन्दोलनलाई रुसले अवैध मानेको छ।
सन् २०१४ मा नभाल्नीमाथि कालोधनलाई वैध बनाउने कार्यमा संलग्न भएको आरोप लागेको थियो।
उक्त जालझेलको मुद्दामा निलम्बित सजायसँग सम्बन्धित सर्तहरू उल्लङ्घन गरेको भन्दै उनलाई गत महिना पक्राउ गरिएको थियो। हाल सोही मुद्दामा उनलाई साढे ३ वर्षको जेल सजाय दिइएको हो।
रुसी विदेशमन्त्रालयका अनुसार गत जनवरी २३ मा आयोजित विरोध प्रदर्शनमा ती देशका राजदूतहरु नभाल्नीको पक्षमा सहभागी थिए।
नभाल्नीले पुटिनले नै आफूलाई विष खुवाएर हत्या प्रयास गरेको साथै उनको सरकार भ्रष्टाचारी भएको र भ्रष्टाचार गरेरै उनले दराबार बनाएको आरोप लगाउँदै आएका छन्।
विष खुवाइएपछि उनको झन्डै मृत्यु भएको थियो। जर्मनीमा उपचार पाएपछि उनी बाँच्स सफल भएका थिए।
उनी गत महिना स्वदेश फर्कनासाथ गिरफ्तार भएका थिए।
यो पनिः पुटिनलाई भ्रष्टाचारी भन्दै नभाल्नीले बनाए भिडिओ, कालोधनले दरबार बनाएको आरोप
रुसलाई बाइडेनको टोलीको चेतावनीः विपक्षी नेता नभाल्नीलाई तुरुन्त रिहा गर
एक महिना हिरासतमा राखिने बताइएका नभाल्नीलाई साढे ३ वर्ष जेल, चर्कियो अन्दोलन

प्रतिक्रिया