राजनीति


गिरफ्तारीपछि झाँक्रीलाई प्रहरीले सोधेका चार प्रश्न

गिरफ्तारीपछि झाँक्रीलाई प्रहरीले सोधेका चार प्रश्न

नेपालखबर
माघ २९, २०७७ बिहिबार १४:१२,

राज्यविरुद्धको कसुरको आरोपमा प्रहरीले गिरफ्तार गरेको केही घण्टामै नेकपा नेतृ रामकुमारी झाँक्री रिहा भएकी छन्।

केही दिनअघि गोरखाको सिरानचोकमा आयोजित सभामा राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा गरेको टिप्पणीलाई लिएर झाँक्रीलाई प्रहरीले निवासबाटै पक्राउ गरेको थियो।

उनीमाथि प्रहरीले फौजदारी मुलुक संहिताको दफा ५८ अनुसार पक्राउ पुर्जी जारी गरेको थियो। गिरफ्तारीको चौतफी आलोचना भएपछि प्रहरीले उनलाई बिहीबार साँझ छाडेको हो।

पक्राउ पर्नुअघि सञ्चारकर्मीसँग झाँक्रीले व्यक्तिमाथि नभई पदधारीको गलत क्रियाकलापको विरोध गरेको बताएकी थिइन्।

गिरफ्तारपछि प्रहरीले उनलाई मीनभवनस्थित अपराध अनुसन्धान महाशाखाको हिरासतमा पुर्‍याएको थियो।

सो क्रममा प्रहरीले नेतृ झाँक्रीसँग चार लिखित प्रश्न सोधेको थियो। 

प्रहरीले सोधेका प्रश्न र झाँक्रीको जवाफ यसप्रकार छन्:

गोरखाको सिरानचोकमा तपाईंले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनु भएको हो?
मैले बोलेको हो। संविधानको धारा १७ ले नागिरकलाई स्वतन्त्रताको हक प्रदान गरेको छ। त्यसैअनुसार नागिरक र राजनीतिकर्मी भएको कारणले मैले सो कुरा बोलेको हुँ।

राष्ट्रपतिप्रति तपाईंको आस्था, विश्वास र धारणा के हो?
संवैधानिक राष्ट्रपतिप्रति विगत, वर्तमान र भविष्यमा पनि मेरो अटल आस्था र विश्वास रहने छ।

गोर्खाको सिरानचोकमा राजनीतिक कार्यक्रम थियो कि अन्य केही थियो?
राजनीतिक कार्यक्रम थियो र त्यहीँ राष्ट्रपतिको बारेमा बोलेको हुँ।

अन्य भन्नु केही छ ?
हामी स्वतन्त्रताका लागि लड्दै आएका हौँ र त्यसका लागि लडिरहने छौँ।

बिना उजुरी गृह मन्त्रालयको निर्देशनमा पक्राउ
झाँक्रीलाई गृह मन्त्रालयको निर्देशनपछि पक्राउ गरिएको प्रहरीले बताएको छ। झाँक्रीविरुद्ध कुनै उजुरी नआएको प्रहरीको भनाइ छ।

प्रहरीले ओली समूहअन्तर्गतको अनेम संघले गृह मन्त्रालयमा झाँक्रीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापन पत्र पनि पढेर सुनाएको थियो।

बयानपछि झाँक्रीलाई नेताहरुको जिम्मामा छाड्ने तयारी प्रहरीले गरेको थियो। तर, नेताहरुले जिम्मा नलिने बताएपछि प्रहरीले पति पुरीको जिम्मामा उनलाई छाडेको हो।

प्रहरीले बिहीबार साँझ झाँक्रीलाई पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको छ।

Ramkumari questions

Ramkumari questions2

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad