नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नेपाली कांग्रेस चुनावका लागि तयार रहेको बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गर्दै कांग्रेस चुनावमा जान तयार रहेको बताएका हुन्।
उनले प्रतिनिधि सभा पुनस्र्थापनाले समस्याको समाधान नदिने भन्दै त्यसका लागि चुनावमै जानु पर्नेमा उनको जोड थियो। तर प्रधानमन्त्रीले चुनावको घोषणा गरे पनि वातावरण भने बिगार्दै गएको आरोप लगाए।
‘प्रधानमन्त्रीले चुनाव गराएर आफ्ना अपराध पखाल्नुपर्छ, कांग्रेस चुनावमा जान तयार छ’, उनले भने।
उनले संविधान खतरामा रहेको र त्यसलाई ट्रयाकमा ल्याउनका लागि पनि चुनाव आवश्य करहेको बताए।
उनले कांग्रेसले अदालतको निर्णयलाई सम्मान गर्ने भन्दै अदालतलाई थ्रेट दिने काम कहीँकतैबाट हुन नहुने बताए। ‘अदालतलाई कसैले थ्रेट दिन मिल्दैन। केपी ओलीजी र विरोधीहरुले अदालतलाई थ्रेट दिन मिल्छ?’, उनले भने।
उनले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे पनि कांग्रेसले त्यसलाई स्वीकार गर्ने बनभए चुनावमा जान पनि तयार रहेको बताए।

प्रतिक्रिया