राजनीति


सुरक्षाकर्मी कटौती गर्ने निर्णय पुनर्विचार गर्न पूर्वराजाको आग्रह

सुरक्षाकर्मी कटौती गर्ने निर्णय पुनर्विचार गर्न पूर्वराजाको आग्रह

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार १५:३६,

सरकारले भीआईपीहरुको सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरु कटौती गर्न लागेकोप्रति पूर्व राजा ज्ञानेन्द्र शाहले चिन्ता व्यक्त गरेका छन्।

पूर्वराजा शाहले सुरक्षाकर्मी कटौती गर्ने निर्णय पुर्नविचार गरिदिन सरकारलाई पत्राचार गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट स्वकीय सचिव सागरप्रसाद तिम्सिनाले तोकिएको नयाँ कार्यविधि अनुसार सबै राजपरिवारका सदस्यहरूको सुरक्षाका लागि पर्याप्त नहुने भन्दै पुर्नविचार गरिदिन गृह मन्त्रालयमा पत्र पठाएका हुन्।

पछिल्लो समय सरकारले भिआइपीहरुको सुरक्षाकर्मीको संख्यामा कटौती गर्ने गरि कार्यविधि बनाएको छ।

नयाँ कार्यविधि अनुसार अब पूर्व राष्ट्रपतिले अब २१, पूर्व प्रधानमन्त्रीले १८, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्व गृहमन्त्रीले दुई जना सुरक्षाकर्मी राख्न पाउने छन्। यस्तै पूर्व प्रधानन्यायाधीशलाई दुई जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

नयाँ कार्यविधि बनाएपछि पूर्व राजा, पूर्व प्रधानमन्त्री लगायतले कार्यविधि विपरीत राख्दै आएका सुरक्षाकर्मी फिर्ता ल्याउन सुरु गरिएको छ।

हाल पूर्व राजपरिवारको सुरक्षामा ९९ जना सुरक्षाकर्मी खटिदै आएका छन्।

हाल पूर्वराजा तथा पूर्वरानीका लागि २५, पूर्व युवराज्ञीको लागि १५, पूर्व मुमा बडामहारानीका लागि ९, सवारी चालक १० र नागार्जुन सुरक्षा बेसका लागि ४० जना सुरक्षाकर्मी हाल सुरक्षाका लागि खटिँदै आइरहेका छन्। नयाँ कार्यविधिले तोकेको मापदण्ड अनुसार भने पूर्वराजपरिवारका लागि १६ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख छ।

king.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad