राजनीति


लुम्बिनीका जनता कसको पक्षमा छन् भन्ने कुरा देखाइदियौँ : पोखरेल

लुम्बिनीका जनता कसको पक्षमा छन् भन्ने कुरा देखाइदियौँ : पोखरेल

नेपालखबर
फागुन १, २०७७ शनिबार ९:३०,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका जनता कसको पक्षमा छन् भन्ने कुरा आफूहरुले देखाइदिएको दावी गरेका छन्।

 शनिबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केही समय पहिले प्रचण्ड–नेपाल समूहले लुम्बिनीमा कोणसभा गरेर प्रधानमन्त्री ओलीलाई ललकारेपछि आफूहरुले देखाइदिएको दावी गरेका हुन्।

उनले लुम्बिनीका जनता विकास र स्थायित्वका पक्षमा रहेको दावी गरे।

‘केहीदिन पहिले बुटवल बजारमा कोणसभा आयोजना गरेर सम्माननीय प्रधानमन्त्रीलाई ललकार्ने काम भयो’, उनले भने, ‘लुम्बिनी प्रदेशका जनाका कसका पक्षमा छन भन्ने कुरा देखाउन आवश्यक थियो, आज ती साथीहरुले देख्ने मौका पाएका छन्।’

उनले विशाल उपस्थितिका लागि लुम्बिनीका जनतालाई धन्यावाद समेत दिए। उनले विकास, समृद्धि, राष्ट्रिय स्वाधीनताको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र लुम्बिनीका जनता ओलीको पक्षमा रहेको दावी गरेका हुन्।

उनले लुम्बिनीले राष्ट्रलाई सन्देश दिँदै आएको बताउँदै लुम्बिनीले विकास र एकताको सन्देश दिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad