राजनीति


परियार भन्छन् : प्रतिनिधि सभाजस्तै म पनि ‘कू’मा परेँ

परियार भन्छन् : प्रतिनिधि सभाजस्तै म पनि ‘कू’मा परेँ

शैलेन्द्र महतो
फागुन ७, २०७७ शुक्रबार १२:२,

प्रदेश २ प्रमुखबाट बर्खास्तीमा परेका तिलक परियारले आफूलाई अकस्मात र अस्वभाविक रुपमा पदमुक्त गरेको बताएका छन्।

उनले शुक्रबार अपरान्ह ४ बजेतिर आफूलाई राष्ट्रपति कार्यालयबाट आएको पत्र पाएपछि मात्रै आफू पदमुक्त भएको जानकारी पाएको बताए।

‘राष्ट्रपतिले एउटा पत्र पठाउनु भएको रहेछ। पत्र बुझेपछि पदमुक्त भएको जानकारी पाएँ’, नेपालखबरसँग कुरा गर्दै परियारले भने, ‘यसअघि मलाई हटाउने कुनै प्रकारको संकेत कहीँबाट पनि आएको थिएन। अकस्मात यस्तो जानकारीसहितको पत्र प्राप्त भयो।’

उनले प्रतिनिधि सभाजस्तै आफू पनि ‘कू’ मा परेको बताए। ‘जसरी ‘कू’ गरेर प्रतिनिधि सभा विघटन गरियो, त्यसैगरी म पनि ‘कू’ मा परेको महसुस गरेको छु’ परियारले भने।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध सदैव राम्रै रहँदै आएको र आफूले आफ्नो जिम्मेबारी निर्वाह गर्दागर्दै हटाइको बताए। उनले यसको कारण नेकपामा आएको फुट हुन सक्ने बताए।

याे पनि :  प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार राष्ट्रपतिद्वारा बर्खास्त

उनले आफू पदोलोलुप व्यक्ति नभएको बताउँदै आन्दोलनले जन्माएको पात्र भएका कारण पार्टीले त्यसैको फलस्वरुप मूल्यांकन गरेर प्रदेश प्रमुखमा नियुक्त गरेको कुरा स्मरण गरे।

उनले आफू बर्खास्तीमा परे पनि प्रदेशसभा विघटन गर्ने चर्चा चाहिँ आफूलाई विश्वसनीय नलागेको बताए।

‘प्रदेशसभा विघटन गर्छन् भन्ने मलाई लाग्दैन। ठूलो त्याग, बलिदान र संघर्षपश्चात संघीयता आएको हो। यदि प्रदेशसभा विघटन भयो भने ठूलो आँधीबेहरी आउँछ। ठूलो मूल्य चुकाउनु पर्छ’, परियारले भने, ‘उनीहरुमा सद्वुद्धि छ भने त्यस्तो गर्दैनन्। मैले त्यस्तो सम्भावना देख्दिनँ।’

परियारलाई प्रमुखबाट पदमुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रदेश प्रमुखमा डा. राजेश झा ‘अहिराज’लाई नियुक्त गरेकी छन्।

बर्खास्तीमा परेका परियार पुष्पकमल दाहाल प्रचण्ड निकटका नेता हुन् भने नयाँ नियुक्त भएका झा प्रधानमन्त्री ओलीनिकट हुन्।

याे पनि : परियारको सचिवालय भन्छ : प्रचण्डनिकट भएकै कारण हटाइयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad