राजनीति


भारतमा उपचारपछि नेकपाका वरिष्ठ नेता खनाल आज स्वदेश फर्किंदै

भारतमा उपचारपछि नेकपाका वरिष्ठ नेता खनाल आज स्वदेश फर्किंदै

नेपालखबर
फागुन ८, २०७७ शनिबार ५:३७,

आन्दोलनरत नेकपाका वरिष्ठ नेता झलनाथ खनाल आज (शनिबार) स्वदेश फर्किंदै छन्।

उपचारका लागि गत माघ ३० गते बिहान भारतको नयाँ दिल्ली गएका उनी आज नेपाल फर्किने भएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराएका थिए।

साथमा खनालकी श्रीमती रविलक्ष्मी चित्रकार पनि छिन्।

खनाल शरीर काँप्ने रोगबाट पीडित छन्।

यसअघि अमेरिका र चीनमा उपचार गराएका खनालले चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण दिल्ली गएको पारिवारिक स्रोतले जनाएको छ।

याे पनि :  पूर्वप्रधानमन्त्री खनालको दिल्लीको अपोलो अस्पतालमा उपचार सुरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad