प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीचको भेटलाई लिएर साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला आशंका व्यक्त गरेका छन्।
राणा र थापाबीच सोमबार सर्वोच्च अदालतमा एक घण्टा भेटवार्ता भएको थियो। मुलुक तरल राजीतिबाट गुज्रिरहेको बेला भएको राणा र थापाबीचका् भेटवार्तालाई लिएर राजनीतिक वृत्तमा विभिन्न अडकलबाजी भइरहेका छन्।
साहित्कार संग्रौलाले पनि मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत् त्यस्तै आशंका व्यक्त गरेका हुन्। प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन विरुद्धको मुद्दामा सर्वोच्चले फैसला दिनै लाग्दा भएको यो भेटवार्ताले दुनियाँ सशंकित र भयभित बनेको संग्रौलाको भनाई छ।
‘खड्गप्रसाद शर्मा ओलीको ताण्डवउपर सर्वोच्च अदालतको फैसला हुनहुन लाग्दा प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालतमा सुटुक्क, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मुसुक्क,’ संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘यो सुटुक्क र मुसुक्कको गर्भबाट केको जायजन्म हुने हो दुनियाँ सशंकित र भयाक्रान्त भो गाँठ्ठे!’
Shares

प्रतिक्रिया