पेटको समस्या भएपछि लामो समयदेखि नेपालकै अस्पतालमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई यसपटक भारतको ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा गएका छन्।
आइतबार बिहान नयाँ दिल्ली प्रस्थान गरेका उनले त्यहाँ पुग्नासाथ सामाजिक सञ्जालमार्फत ‘उपचार गर्न विदेश आउनुपर्दा अत्यन्त लज्जित/दुःखित भएको’ उल्लेख गरे।
त्यस्तो लाग्दालाग्दै पनि आखिर उनी उपचारका लागि किन गए त विदेश (भारत) ?
यस विषयमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले कारण देखाएका छन् :
पढ्नुहोस् :
पूर्वप्रम @brb1954 ले प्रोस्टेटको शल्यक्रिया लगायत स्वास्थ्य परीक्षण नेपालमै गर्नुभएको छ।चिकित्सककै सुझावमा अहिले दिल्ली आएनुभएको हो।ट्युमर सामान्य/घातक छुट्याउन पनि विदेश आउनुपर्दा लज्जित भएको उहाँले भन्नुभएको छ, दिल्लीमा उपचार रहर हैन।चिकित्सकको यो संवादले पनि केही प्रष्ट होला! pic.twitter.com/YprsZKhdvu
— Bishwadeep Pandey (@BishwadeepP) February 22, 2021Shares

प्रतिक्रिया