प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी नेत्री रामकुमारी झाँक्रीले राजनीतिमा अन्य सबै कुराभन्दा नैतिकता ठूलो हुने बताएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेत्री झाँक्रीले राजनीतिमा कानुन, विधि र विधानभन्दा नैतिकता ठूलो हुने धारणा राखेकी हुन्।
‘कानुन, विधि र विधानभन्दा राजनितीमा नैतिकता ठूलो हुन्छ,’ सोमबार साँझ सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘जब शासक नैतिक रूपमा पतन हुन्छ तब एक प्रकारको स्वेत फासिजम सुरू हुन सक्छ।’
उनले अगाडि भनेकी छन्, ‘नैतिकतामा च्यूत भएको शासकबाट सचेत नागरिक शासित हुनु हुँदैन।’

प्रतिक्रिया