राजनीति


चीनसँग काम गर्दा होसियार रहन बाइडेनको चेतावनी

चीनसँग काम गर्दा होसियार रहन बाइडेनको चेतावनी

नेपालखबर
फागुन १८, २०७७ मंगलबार २:३३,

अमेरिकन सरकारले आफ्नो देशमा कार्यरत कम्पनीहरूलाई चीनसँग कारोबार गर्दा होसियारी अपनाउन चेतावनी दिएको छ।

बीबीसीका अनुसार चीनसँग व्यापार गर्दा ‘जबर्जस्ती श्रम’ गराएर फाइदा लिन नचाहेको सुनिश्चित गर्न कम्पनीहरूलाई सचेत गराइएको हो।

यस सम्बन्धमा अमेरिकन ट्रेड रिप्रेजेन्टेटिभ कार्यालयले कंग्रेसलाई एक रिपोर्ट बुझाएको छ, जसमा भनिएको छ– उत्पादन प्रक्रियामा जबर्जस्ती श्रम गराउनु मानव अधिकारको उल्लंघन हो र कम्पनीले यसको जिम्मेवारी लिँदै आफ्ना उत्पादन प्रक्रिया  त्यस्तो नहोस् भन्नेमा दृढ हुनुपर्छ।

समाचार एजेन्सी एएफपीका अनुसार सोमबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले गलत तरिकाले व्यापार गर्ने चीनको प्रयासले आफ्नो देशका श्रमिक र व्यापारलाई नोक्सान पुग्ने भन्दै त्यसलाई रोक्न हरसम्भव प्रयत्न गरिने बताएका छन्।

प्रतिवेदनमा भनिएको छ– देश विदेशका उपभोक्तालाई त्यस्तो उत्पादन चाहिएको छैन, जसमा मानिसलाई जबर्जस्ती श्रम गराइएको होस्। र, योजनाबद्ध तरिकाले दमन गर्ने व्यवस्थासँग प्रतिस्पर्धा गर्नु मजदुरको हितमा छैन।

प्रतिवेदनमा उइगर मुसलमान एवं अल्पसंख्यकको मानव अधिकार उल्लंघन सरकारका प्राथमिक काममध्ये एक हो भनिएको छ।

चीनले भने त्यस्तो आरोप अस्वीकार गरिरहेको छ।

योसँगै बाइडेन प्रशासनले यससँग सम्बन्धित नयाँ कानुन ल्याउने सम्भावना बढेको बीबीसीले उल्लेख गरेको छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad