प्रधानमन्त्री केपी शर्मा ओलीले अब आज (शुक्रबार) देखि नेपालमा कुनै हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताएका छन्।
उनले अब नेपालमा हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन नगरेको समेत बताए।
विप्लव नेतृत्वको नेकपासँग गरिएको सहमातिको ठूलो उपलब्धी त्यहि नै भएको ओलीको भनाइ छ।
‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, शान्ति छ। यसअघि नै अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालको शान्तिको स्थिति राम्रो देखिएको थियो भने अबको प्यारामिटर धेरै माथि पुगेको छ, त्यसका लागि म विप्लवजीलाई धन्यवाद दिन्छु,’ दुई पक्षबीच भएको सहमति सार्वजनिक गर्ने कार्यक्रममा ओलीले भने, ‘उहाँले यो एउटै शाहसिक कदमबाट नेपाली जनताको मन जित्नुभएको छ। यो फोस्र्ड ल्यान्डिङ वा क्रयास ल्यान्डिङ पनि होइन, यो सेफल्यान्डिङ हो।’

प्रतिक्रिया