राजनीति


ओली र प्रचण्डका विषयमा सूर्य थापा र डा. विजय पौडेलबीच ट्विटरमा रोचक जुहारी

ओली र प्रचण्डका विषयमा सूर्य थापा र डा. विजय पौडेलबीच ट्विटरमा रोचक जुहारी

नेपालखबर
फागुन २६, २०७७ बुधबार ४:२२,

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र एमालेका पोलिटब्युरो सदस्य डा. विजय पौडेलबीच ट्विटरमा रोचक जुहारी परिरहेको छ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार एवं एमाले केन्द्रीय सदस्य थापाले मंगलबार ट्विट गर्दै तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड तथा उनका पक्षमा लागेका पुनर्स्थापित एमालेका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई संकेत गर्दैै अपराधीको संज्ञा दिए।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चारपटक पार्टी सदस्यताबाट निष्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ उनले लेखेका छन्, ‘दुईतिहाइको जनादेश पाएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन।’

जसको जवाफमा डा. पौडेलले थापालाई प्रधानमन्त्री ओली र आफूलाई कहिले कुनै गल्ती नगर्ने ‘महामानव’ लेख्न भन्दै व्यंग गरे।

‘ओ सूर्य थापाजी ! जीवनमा कम्युनिस्ट एकता गर्ने छैन, गल्तीमा आत्मालोचना पनि गर्ने छैन, समस्या समाधान गर्नका लागि पार्टीको बैठक बस्नु पर्दैन, असहमतिलाई धुलिसात पार्ने हो,’ डा.पौडेलले लेखेका छन्, ‘म र केपी ओलीबाट कहिल्यै कुनै गल्ती हुन्न, हामी महामानव हौं भनेर लेख्नुहोस्।’

यसपछि आक्रोशित हुँदै थापाले अर्काे ट्विट गरेका छन्।

‘डा. विजय पौडेलजी, यी तपाईंकै सचेतताकै शब्द हुन्? २०७७ वैशाखयताका आफ्नै ट्विटहरू फर्केर पढ्न र आत्मसमीक्षा गर्न सक्नुहुन्छ,’ थापाले लेखेका छन्, ‘प्रचण्डको सेवामा कति ड्रम तेल रित्याउनुभयो, आफैंलाई सम्झना छ? उनको पार्टी कब्जा अभियानको सक्रिय सहयोगीका विश्लेषणहरू कहाँ पुगे नि? हेक्का त छ?’

bisutwi

subitwi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad