नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले नयाँ सत्ता समीरणबारे कांग्रेस र जसपासँग छलफल गर्ने जिम्मा प्रचण्ड र श्रेष्ठलाई दिएको हो।
स्थायी समित सदस्य गिरिराजमणि पोखरेलले वार्ताको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिएको बताए।
‘नयाँ सरकार गठनबारे कांग्रेस र जसपासँग छलफल गर्न अध्यक्ष प्रचण्ड र उपाध्यक्ष श्रेष्ठलाई जिम्मा दिइएको छ’, पोखरेलले नेपालखबरसँग भने।

प्रतिक्रिया