प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) चियापान कार्यक्रम आयोजना गर्दै छन्।
तर माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले त्यसमा नजाने घोषणा गरिसकेको छ।
ओली पक्षकी एमाले नेत्री शान्ता चौधरीले भने उनीहरूलाई आजको चियापानमा सहभागी हुन अनुरोध गरेकी छन्।
आजको कार्यक्रममा आए दुई पक्षबीच हार्दिकता बढ्ने र राम्रो एमाले बनाउन सकिने उनको विश्वास छ।
‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस्,’ एमाले नेत्री चौधरीले सोमबार राति सामाजिक सञ्जालमार्फत अनुरोध गरेकी छन्, ‘हाम्रा बीचमा हार्दिकता बढाएर जाऊँ। चैत्र ७ गतेको बैठकमा आउनुहोस्, सबै समस्यालाई विधिसम्मत हल गरौं र राम्रो एमाले बनाऔं।’
उनले अगाडि लेखेकी छन्, ‘माओवादी केन्द्रका साथीहरू जो जालझेल र षड्यन्त्रबाट मुक्त भई कम्युनिस्ट आन्दोलनको मूल धारमा आह्वान गरौं।’

प्रतिक्रिया