नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सभा सांसद धर्मराज रेग्मीलाई कारबाही हुने भएको छ। पार्टी निर्णय नमानेको भन्दै उनलाई कारबाहीको लागि माओवादी केन्द्र, कर्णाली प्रदेश संसदीय दलले पार्टी केन्द्रमा सिफारिस गरेको हो।
यसअघि पार्टीले पनि रेग्मीलाई स्पष्टीकरण सोधेको थियो। तर, रेग्मीले स्पष्टीकरण पनि नदिएको र दलको बैठकमा समेत उपस्थित नभएपछि कारबाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरिएको माओवादी केन्द्र कर्णाली प्रदेश सभाकी मुख्य सचेतक सीताकुमारी नेपालीले नेपालखबरलाई जानकारी दिइन्।
‘उहाँलाई पार्टीले यसअघि नै स्पष्टीकरण सोधेको थियो,’ नेपालीले भनिन्, ‘दलकै कुरा नमानेपछि कारबाही गर्न सिफारिस गरि पठाएका हौँ।’
दैलेख निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका छन्। एमालेले उनलाई केन्द्रीय सदस्य र कर्णाली प्रदेश सचिव बनाएको छ।

प्रतिक्रिया