नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना बिसंखेले कोरोनाको महामारी पुनः फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिसंखेले कोरोना भाइरस नयाँ रुपमा आएको र त्यसले महामारीको रुप लिएको भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्।
उनले मिर्गौलाको डायलासिस रोकिएको बारे पनि सरकारको ध्यानाकर्षण गराएकी छन्।
उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले खारेज गरिएको भन्दै अदालतलाई धन्यवाद समेत दिएकी थिइन्।

प्रतिक्रिया