राजनीति


नवीन्द्रराज जोशीको पार्थिव शरीर कांग्रेसको केन्द्रीय कार्यालयमा राखिँदै

नवीन्द्रराज जोशीको पार्थिव शरीर कांग्रेसको केन्द्रीय कार्यालयमा राखिँदै

नेपालखबर
चैत १४, २०७७ शनिबार ५:९,

आज (शनिबार) नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा बिहान ११:३० बजे बस्ने बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरिने कांग्रेसले जनाएको छ।

मस्तिष्काघात भएपछि नर्भिक अस्पतालमा उपचारत नेता जोशीको शुक्रबार राति निधन भएको हो। श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर मध्याह्न १२ बजेदेखि दिउँसो बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने कांग्रेसका नेताले बताएका छन्।

गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई वीर अस्पतालपछि नर्भिक अस्पताललाई भर्ना गरिएको थियो।

विसं २०१९ असार ३ गते काठमाडौंमा जन्मेका नेता जोशी २०७० मा काठमाडौं क्षेत्र नं ८ बाट संविधान सभाको सदस्यमा निर्वाचित भएका थिए।

नवीन्द्रराज जोशी : जसले मृत्युशय्यामा पुगेको औषधि उद्योगलाई नयाँ जीवन दिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad