विश्वकै समृद्ध राष्ट्र हुनबाट र अग्रणी भूमिका निर्वाह गर्ने स्थानमा चीनलाई पुग्न नदिने बाइडेनको भनाइ छ।
बाइडेनले अमेरिकाले सहयोगी राष्ट्रसँग धेरैभन्दा धेरै सहकार्य गर्ने र प्रविधिमा ठूलो लगानी गर्ने पनि प्रतिवद्धता व्यक्त गरेको एससीएमपीले जनाएको छ।
उनले गत शुक्रबार मात्र अमेरिका र चीनबीचको प्रतिस्पर्धा निकै महत्वपूर्ण भएको बताउँदै चीनलाई तानाशाही राष्ट्रको संज्ञा दिए।
उनले चीन विपरित अमेरिकामा लोकतन्त्र र मानवअधिकारको सम्मान हुने बताएका थिए।
‘अमेरिका र चीनबीच कडा प्रतिस्पर्धा छ’ बाइडेनले आफ्नो पहिलो पत्रकार सम्मेलनमा भनेका छन्,‘चीनको समग्र लक्ष्य छ र म उनीहरूको लक्ष्यको आलोचना गर्दिन, तर उनीहरूको समग्र लक्ष्य संसारको अग्रणी देश, संसारको सबैभन्दा धनी र शक्तिशाली देश बन्ने छ। त्यो मेरो समयमा हुनेछैन, किनभने अमेरिका अगाडि बढ्नेछ र विस्तार हुनेछ।’

प्रतिक्रिया