गायक सुरेश लामाको स्वरमा नयाँ आधुनिक गीत टाढा नहुनु है... बजारमा आएको छ। गीत निकै कर्णप्रिय बनेको छ। यो गीतको भिडिओलाई चाँगुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ।
यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। यो गीतलाई गीतकार उत्तम कुमार बतौलाले लेखेका हुन्। जसमा लाहाङ सुब्बाको संगीत संयोजन रहेको छ। गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो।
यो गीतको भिडियोलाई दिनेश ठकुल्लाले निर्देशन गरेका हुन्। जसमा विवश ठगुन्ना र अन्जु न्यौपानेले अभिनय गरेका छन्। उनीहरुको जोडी यो भिडिओमा निकै सुहाएको छ।
भिडिओलाई सौगात जँग थापाले निर्माण गरेका हुन्। भिडिओमा नरेश ऐरको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ। भिडिओलाई धिताल फिल्मस्ले निर्माण गरेको हो।

प्रतिक्रिया