समाज


अम्बानीको घरनजिक राखिएको विस्फोट पदार्थ प्रहरी अधिकारी वझेले नै खरिद गरेको खुलासा

अम्बानीको घरनजिक राखिएको विस्फोट पदार्थ प्रहरी अधिकारी वझेले नै खरिद गरेको खुलासा

नेपालखबर
चैत १८, २०७७ बुधबार १२:२७,

राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उद्योगपति मुकेश अम्बानीको घरनजिनक एक स्कार्पियो गाडीमा राखिएको विस्फोटक पदार्थ (जिलेटिन) मुम्बई प्रहरीका निलम्बित अधिकारी (सहायक प्रहरी निरीक्षक) सचिन वझेले नै गरेको पत्ता लागेको दाबी गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार एनआईए यस विषयमा विस्तृत भने बताएको छैन। स्रोतका अनुसार घटना अनुसन्धान गरिरहेको एनआईएले वझेले आफ्ना चालकसँग मिलेर अम्बानीको आवासनजिक जिलेटिनले भरिएको स्कार्पियो गाडी राखेको पत्ता लगाएको छ।

स्रोतका अनुसार जिलेटिन वझेले नै किनेका थिए। एनआईएसँग त्यस्तो सीसीटीभी फुटेज छ, जसमा घटनास्थलमा वझे नै देखिएका छन्। 

यो पनि :  खुल्दै अम्बानी प्रकरणको रहस्य, नदीभित्र भेटिए प्रहरी अधिकारी वझेले फालेका विभिन्न प्रमाण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad