नेपाली कांग्रेसले सो पार्टीका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनको १३औं दिनको पूण्यतिथिमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित श्रद्धाञ्जलि सभामा पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो।
जोशीको चैत १३ गते उपचारको क्रममा निधन भएको हो।
उनलाई मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो।
यो पनिः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन
पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी उद्योगमन्त्री समेत बनेका थिए।
मन्त्री बन्दा उनले सार्वजनिक संस्थानहरुको सुधारमा उल्लेख्य काम गरेर प्रशंसा बटुलेका थिए।
काठमाडौंको उपमेयर समेत बनिसकेका नेता जोशी काठमाडौंवासीबीच निकै लोकप्रिय नेता थिए।
आमजनता कोरोना महामारीको चपेटामा परेका बेला उनी स्वास्थ्य सामग्री र जानकारीमूलक सामग्री लिएर काठमाडौंवासीका घरदैलोमै पुगेका थिए।
उनले आपतकालीन अवस्थामा डाक्टरहरुसँग सम्पर्क गर्ने व्यवस्था समेत मिलाएका थिए।
भिडियो:
यो पनि:
नवीन्द्रराज जोशीः जसले मृत्युशय्यामा पुगेको औषधि उद्योगलाई नयाँ जीवन दिए
Shares

प्रतिक्रिया