राजनीति


सांसद पद गुमाएका पूर्वमाओवादी नेताहरुको प्रशंसा गर्दै यसो भन्छन् सूर्य थापा

सांसद पद गुमाएका पूर्वमाओवादी नेताहरुको प्रशंसा गर्दै यसो भन्छन् सूर्य थापा

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ५:४३,

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारमा मन्त्री रहेका माओवादी नेताहरुको प्रशंसा गर्दै उनीहरु पदका लागि नभई निष्ठाका लागि राजनीति गरेको बताएका छन्।

पार्टी विभाजन हुँदा माओवादी पार्टी छाडी नेकपा–एमालेमा प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको थापाले प्रशंसा गरेका हुन्।

‘टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी केवल पद प्रतिष्ठाको लागि राजनीति होइन, राजनीतिक निष्ठाको लागि सबथोक हैसियत त्याग गर्ने स्परिटसाथ लामो यात्रामा अघि बढ्नुभएको छ,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरूले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी नै छ।’

माओवादीबाट निर्वाचित भई सांसद बनेका उनीहरु पछिल्लो विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै सरकारमा मन्त्री बनेका हुन्।

माओवादीबाट निर्वाचित भएका उनीहरुले सो पार्टी परित्याग गरेको हुँदा पार्टीबाट सदस्य र सांसद समेत नरहने गरी कारबाही गरेपछि उनीहरुको सांसद पद खारेज भइसकेको छ।

यसै सन्दर्भमा थापाले उनीहरुको प्रशंसा गरेका हुन्।

यो पनि : सांसदबाट हटाइएका ४ पूर्वमाओवादी नेताको मन्त्री पद पनि स्वतः समाप्त, तर पुनर्नियुक्ति गर्न सकिन्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad