राजनीति


प्रधानमन्त्री को बन्ने भन्दा पनि संविधान मिच्नेलाई हटाउने कुरा मुख्य हो : प्रचण्ड

प्रधानमन्त्री को बन्ने भन्दा पनि संविधान मिच्नेलाई हटाउने कुरा मुख्य हो : प्रचण्ड

नेपालखबर
चैत २८, २०७७ शनिबार ६:१८,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने दावी गरेका छन्।

शनिबार काठमाडौँको बबरमहलमा आयोजित नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान कुल्चने सरकारलाई अब धेरै समय नराख्ने बताएका हुन्।

उनले प्रधानमन्त्री को हुने भन्नेकुरा मुख्य नभएको बताउँदै संविधान मिच्ने सरकार हटाउनु अहिलेको आवश्यकता रहेको बताए। उनले सरकार संविधानको पालनाप्रति इमान्दार हुनुपर्ने बताए।

‘प्रधानमन्त्री को बन्ने भन्दा पनि सरकार संविधानप्रति इमान्दार र निष्ठावान हुनुपर्यो, संविधान मिच्ने सरकार हटाइदिनु प¥यो भन्ने आजको आवश्यकता हो’, अध्यक्ष प्रचण्डले भने।

उनले संविधानविरोधी सरकारविरुद्ध सामूहिक रुपमा आवाज उठाउन आग्रह समेत गरे। उनले सरकारले कर्मचारी संगठनलाई विकेन्द्रित बनाएर कमजोर बनाउने काम भएको बताए।

‘यो सरकार अब धेरै दिन चल्दैन, नयाँ सरकार बनेपछि तपाईंहरुले उठाउने मागहरुलाई मेरो साथ सहयोग र समर्थन रहनेछ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad