राजनीति


चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर्न माग गर्दै माइतीघरमा युवा संघको प्रदर्शन

चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर्न माग गर्दै माइतीघरमा युवा संघको प्रदर्शन

नेपालखबर
चैत २८, २०७७ शनिबार ९:४६,

राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ।

शनिबार काठमाडौंको माइतीघर मण्डलामा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट युवा संघ नेपालका नेताहरुले विरोध प्रदर्शन गरेका हुन।

May be an image of 6 people, people standing and road

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन्। तर, ती पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ। त्यसैको विरोधमा युवा संघ नेपालले शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।
May be an image of 1 person, standing and road

प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’ लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड लिएर सडकमा सरकारविरुद्ध नाराबाजी गरेका थिए।

उनीहरुले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याऊ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’ लागयतका नारा लगाएका थिए।

May be an image of one or more people, people standing and outdoors

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .