राजनीति


अवस्था भयावह बने विद्यालय बन्द गर्नुपर्छ : अखिल (क्रान्तिकारी)

अवस्था भयावह बने विद्यालय बन्द गर्नुपर्छ : अखिल (क्रान्तिकारी)

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ०:५२,

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कोरोना भाइरस संक्रमण भयावह बने विद्यालय बन्द गर्नुपर्नेसहितका सुझाब सम्बन्धित पक्षलाई दिएको छ।

नेपालमा कोरोनाको दोस्रो चरण सुरु हुने संकेत देखिएको भन्दै अखिल क्रान्तिकारीले प्रतिकार्यका लागि तयारीमा लाग्न सरकार र सरोकारवाला पक्षसँग माग गरेको छ। अध्यक्ष रञ्‍जित तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

विज्ञप्तिमा यथाशक्य चाँडो सिमानामा कडाई गर्न, सम्भावित अवस्था आंकलन गरी आइसोलेसन तथा क्वारेन्टिन व्यवस्थापन गर्ने, सहज पहुँचमा हरेक अस्पतालमा निःशुल्क पीसीआर परीक्षणको सुनिश्चितता गर्ने, राष्ट्रिय जीवनका हरेक क्षेत्रमा स्वास्थ्य मापदण्ड पूरा गर्न राज्यका तहका सरकार र अन्य सम्बद्ध पक्षसँग माग गरिएको छ।

त्यसैगरी कोरोनाविरुद्धको खोपलाई प्रचारमुखी नभई प्रभावकारी रुपमा सबै नागरिकमा पुर्‍याउन, देशभरका सबै शैक्षिक संस्थामा उच्च सतर्कता कायम गर्न र सुरक्षाका सबै मापदण्ड कडाइपूर्वक पालना गर्न पनि क्रान्तिकारीले माग गरेको छ।

क्रान्तिकारीले सरकार, निजी शैक्षिक संस्था सञ्चालकहरुले आफ्नो दायित्वबाट पन्छिएर केवल व्यवसायलाई मात्र प्रधान ठानी लापरबाही गरेर ८० लाख विद्यार्थीको जीवनमा खेलबाड नगर्न पनि सुझाब दिएको छ।

क्रान्तिकारीले वैकल्पिक शिक्षणको तयारी गर्न र स्थिति भयावह हुने देखिए मात्र विद्यालय फेरि बन्द गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

‘यदि कोभिड प्रकोप अनियन्त्रित बन्दै गए अनलाईन भर्चुअल पठनपाठन एवम् परिक्षा लगायतका वैकल्पिक सिकाईका सवै प्रभावकारी उपायको अहिलेबाटै तयारी गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उच्च स्वास्थ्य सुरक्षा अपनाउँदा अपनाउँदै पनि अवस्था भयावह बन्ने देखिए पुनः विद्यालय बन्द गर्ने कठोर विकल्पमा जानसमेत तयार हुन सम्बन्धित सबै पक्षको विशेष ध्यानाकर्षण गराउन चाहन्छौं।’

अखिल क्रान्तिकारीको विज्ञप्ति :

krantikari 1542021024059 1000x0 1

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad