राजनीति


नेपाल पक्षका सांसदको निवेदन अदालतले दर्ता गर्न मानेन

नेपाल पक्षका सांसदको निवेदन अदालतले दर्ता गर्न मानेन

नेपालखबर
बैशाख ८, २०७८ बुधबार १२:४६,

नेकपा एमालेका माधव नेपाल पक्षीय सांसदहरुको निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गरेको छ।

निर्धारित समयमै अदालत पुगे पनि सांसदहरुको निवेदन दर्ता गर्न अदालतले नमानेको अधिवक्ता टिकाराम भट्टराईले बताए।

राजनीतिक दलसम्बन्धी ऐन विपरीत सांसदबाट पदमुक्त गर्न खोजिएको भन्दै नेपाल पक्षका सांसद सर्वोच्च अदालत पुगेका थिए।

बुधबार दिउँसो ३ बजे ‘राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसदलाई पदमुक्त गर्न खोजेकोले त्यसलाई रोकिपाऊँ’ भन्ने माग गर्दै नेपाल समूह अदालत पुगेको थियो। तर, अदालतमा कर्मचारीले दर्ता गर्न नमानेका हुन्।

अदालतले निवेदन अध्ययन गर्न समय मागेकाले दर्ता हुन नसकेको भट्टराईले बताए।

'समय पुगेन, अध्ययन गर्दै छौं भनेका छन्', निवेदन दर्ता गर्न गएका अधिवक्ता टिकाराम भट्टराईले नेपालखबरसँग भने, 'फेरि भोली बोलाइएको छ।'

मंगलबार अध्यक्ष ओलीले माधवकुमार नेपालसहित २७ सांसदहरुलाई स्पष्टीकरण सोधेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad