राजनीति


पहिलो विदेश भ्रमणमा रहेका म्यान्मारका सेना प्रमुखलाई हिसां बन्द गर्न आसियन राष्ट्रको दबाब

पहिलो विदेश भ्रमणमा रहेका म्यान्मारका सेना प्रमुखलाई हिसां बन्द गर्न आसियन राष्ट्रको दबाब

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ७:४७,

आसियन राष्ट्रहरुको क्षेत्रीय सम्मेलनमा भाग लिनका लाइङ शनिबार इन्डोनेसियाको जाकार्ता पुगेका हुन्।

सम्मेलनमा उपस्थित भएका सेना प्रमुख लाइङलाई आसियन राष्ट्रका प्रतिनिधिहरुले म्यान्मारमा हिंसा बन्द गर्न दबाब दिएको बीबीसीले जनाएको छ।

आसियन राष्ट्रले प्रदर्शनकारीमाथिको हिंसा र दमन अन्त्य गरिनुपर्ने र राजनीतिज्ञहरुलाई रिहा गर्नुपर्ने माग गरेका छन्।

गत फेब्रुअरी १ देखि म्यान्मारमा सैन्य शासन लागू भएको छ। एक वर्षसम्म संकटकाल घोषणा गरेको म्यान्मारका सेनाका अनुसार निष्पक्ष चुनाव गराएर मात्र सत्ता हस्तान्तरण हुनेछ।

Banners decrying the general as a dictator

लोकतान्त्रिक नेतृ आङ साङ सुचीको पार्टीले धाँधली गरेर चुनावमा बहुमत प्राप्त गरेको भन्दै सेनाले सत्ता हत्याएका थिए।

हाल सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरलाई सेनाले हिरासतमा लिएका छन्।

सैन्य शासनको विरोधमा महिनौंयता जारी प्रदर्शका क्रममा ७ सयभन्दा बढीको मृत्यु भइसकेको छ। जुन्ता शासकको आदेशमा सेना तथा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउने गरेका छन्।

बीबीसीका अनुसार आसियन राष्ट्रको संयुक्त निर्णयमा म्यान्मारको हिंसा रोकेर राजनीतिज्ञ, नागरिक समाज र सेनाबीच वार्ता हुनुपर्ने उल्लेख छ। यो वार्तामा आसियन राष्ट्रका प्रतिनिधि पनि समावेश गराइनुपर्ने बताइएको छ।

आफूहरुले त्यहाँ आवश्यक मानवीय सहायता प्रदान गर्ने पनि आसियन राष्ट्रको प्रतिवद्धता छ। यी निर्णयहरुलाई म्यान्मारका सैन्य शासन विरोधी समूह राष्ट्रिय एकता सरकार एनयूजी समूहले स्वागत गरेका छन्।

सम्मेलनपछि सिंगापुरका प्रधानमन्त्री लि सिन लङले भनेका छन्,‘म्यान्मारका सेना प्रमुखले हाम्रो कुराहरु सुन्नु भएको छ। महत्वपूर्ण लागेका कुराहरु उहाँले आत्मसात् गर्नुहुनेछ।’

‘म्यानमारको दयनीय अवस्था तुरुन्तै रोकिनु पर्छ। लोकतान्त्रिक नेतृ सुचीको रिहाई हुनुपर्छ’ मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले भने।

सम्मेलन भएको वरपर जाकार्ताका अधिकारकर्मीहरुले सेना प्रमुख लाइङको विरोध गर्दै म्यान्मारमा लोकतन्त्र पुनर्स्थापना हुनुपर्ने नारा लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad