राजनीति


खेलकुदमन्त्री दीपक मनाङेले लिए शपथ

खेलकुदमन्त्री दीपक मनाङेले लिए शपथ

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १२:१९,

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनीयताको शपथ लिएका छन्।

 मनाङेलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन्।

 उनलाई आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए।

 गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अविश्वासको प्रस्ताव दर्ता गराएपछि प्रदेशको राजनीति फेरिएको छ।

मनाङबाट स्वतन्त्र उम्मेदवार उठेर चुनाव जितेका उनलाई एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर निर्वाचनमै साथ दिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .