कोभिड नियम पालना नगरेकोमा पाकिस्तानका एक मन्त्रीविरुद्ध मुद्दा दर्ता गरिएको छ।
खैबर पख्तूनख्वा प्रान्तका स्वास्थ्यमन्त्री तैमर सलिम झाग्रा कोभिडको नियम उल्लंघन गर्दै एक इफ्तियार भोजमा सहभागी भएपछि उनीविरुद्ध उजुरी परेको हो।
उनीसँगै नियम उल्लंघन गरी सो भोज गर्न दिने रेष्टुराँका मालिक र म्यानेजरविरुद्ध पनि उजुरी दर्ता गरिएको छ।
पेशावरका सहायक कमिसनर एतेसामूल हकले मन्त्रीसमेत सहभागी रहेको सो इफ्तियार भोजका तस्बिरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तुरुन्तै कारबाही प्रारम्भ गरिएको बताए।
ती तस्बिरहरुमा मन्त्रीलगायत अन्य सहभागीले मास्क नलगाएको र भौतिक दूरी पनि कायम नगरेको पाएपछि उनीहरुविरुद्ध कारबाही अघि बढाइएको उनले बताए।
पाकिस्तानमा कोरोना महामारी तीव्ररुपमा फैलिएपछि सरकारले गतसातादेखि पेशावर लगायतका शहरमा रेष्टुराँमा भोज भतेर गर्न निषेध गरेको छ।
सहायक कमिसनर हकका अनुसार मन्त्री सहभागी सो इफ्तारमा एक दर्जन व्यक्ति सहभागी थिए तर खाना भने त्यहाँ आफै ल्याएका थिए। –डनबाट

प्रतिक्रिया