राजनीति


मुख्यमन्त्री गुरुङमा कोरोना संक्रमण

मुख्यमन्त्री गुरुङमा कोरोना संक्रमण

वाशुदेव मिश्र
बैशाख २२, २०७८ बुधबार ९:३७,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ।

मंगलबारको परीक्षणमा एन्टिजेन देखिएपछि थप परीक्षण गराउँदा उनका कोरोना संक्रमण पुष्टि भएको हो। उनी अहिले आफ्नै निवासमा रहेका छन्।

मंगलबार मात्रै उनी गण्डकी प्रदेश सचिवालयमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएका थिए। साँझ उनमा ज्वरो देखिएको थियो।

मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङले निवासकै आइसोलेसन प्रयोग गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .