प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) संसदलाई सम्बोधन गर्दै छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले अहिले बिहान ११ बजे संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ।
उनले सम्बोधनमार्फत् समसामयिक विषयमा विचार राख्ने छन्।
प्रधानमन्त्रीले हरेक महिनाको पहिलो र तेस्रो आइतबार सांसदका प्रश्नको जवाफ दिने तालिका छ।
तर दुई/तीन महिनादेखि उक्त कार्यक्रम हुन सकेको छैन । तर आज भने प्रश्नोउत्तरको कार्यक्रम नभई प्रधानमन्त्रीले सम्बोधन मात्र गर्ने बताइएको छ।
3
Shares

प्रतिक्रिया