नुवाकोटको किस्पाङ गाउँपालिका-५ अर्चलेकी १७ वर्षीया किशोरीको भिरबाट लड्दा मृत्यु भएको छ।
घाँस काट्न गएकी १७ वर्षीया रचना भट्टको भिरबाट लडेर मृत्यु भएको किस्पाङ-५ का वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए।
आमासँगै घरछेउको भिरमा घाँस काट्ने क्रममा उनी भिरबाट खसेकी प्रहरीले जनाएको छ।
उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया