समाज


गोरखामा खुर्पाले हानेर श्रीमतीको हत्या

गोरखामा खुर्पाले हानेर श्रीमतीको हत्या

नेपालखबर
भदौ १, २०७६ आइतबार ४:३१,

गोरखामा खुर्पाले हानेर श्रीमानले श्रीमती हत्या गरेका छन्।

जिल्लाको गोरखा नगरपालिका-९, लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले शनिबार राति खुर्पाले घाँटी रेटेर आफ्नी श्रीमती १९ वर्षीया पूजा परियारको हत्या गरेका हुन्।

गोरखा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार छिमेकीले सूचना दिएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो।

‘१० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो,’ उनले भने।

उनका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन्।

हत्याका आरोपित याकुवलाई शनिबार राति नै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। ‘उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’

मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad