छापा खबर


यसकारण म लुकेर एक्लै पोखरा जान्छु : करिश्मा मानन्धर

यसकारण म लुकेर एक्लै पोखरा जान्छु : करिश्मा मानन्धर

नेपालखबर
भदौ १, २०७६ आइतबार ४:२,

नाइट स्टेका लागि कहिलेकाहीँ नगरकोट जान्छु। म प्रकृतिप्रेमी हुँ।

आजको नयाँ पत्रिकामा नायिका करिश्मा मानन्धरले भनेकी छन् : पहिले सुटिङ हुँदा पनि एक्लै ठमठमी हिँड्न मन पर्थ्याे। मलाई माटोको बास्ना मन पर्छ। प्रकृतिसँग घुलमिल हुनु मेरो सोख हो।

कहिलेकाहीँ म सिन्धुपाल्चोकको सुकुटे पुग्छु। सप्ताहन्तमा सुकुटेमा आन्तरिक पर्यटकको भिड हुन्छ। अरूबेला शान्त रहन्छ। सुनकोसी नदीको किनारमा खेल्ने ठाउँ धेरै छन्। त्यहाँ म खुब इन्जोय गर्छु।

म लुकेर एक्लै पोखरा जान्छु। बेगनास तालको पछाडिपट्टि जान्छु। खुट्टा पानीमा चोपलेर दिनभर बसिरहन्छु। माछा मारेर पकाइदिन्छन्। त्यसैको स्वाद लिँदै प्रकृतिसँग हराउँछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad