नेकपा (एमाले) नेत्री रामकुमारी झाक्रीले आत्मसमर्पण नगर्न नेतृत्वलाई सुझाव दिएकी छन्।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीसँग नेता माधवकुमार नेपाल वार्तामा बसिरहेका बेला झाक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलपलमा नपर्न नेता नेपाललाई सचेत गराएकी हुन्।
उनले बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै आफूहरुले आत्मसमर्पण गरे कम्युनिष्ट आन्दोलन विसर्जन हुने भन्दै सचेत रहन आग्रह गरेकी छन्।
‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ’ झाक्रीले लेखेकी छन्, ‘ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।’
नेकपा (एमाले) भित्र विवाद चर्किरहेकै बेला अध्यक्ष ओलीले माधव नेपालसहित चार नेतामाथि गरको काबाही फुकुवा गरेका छन् भने आज ओली–नेपालबीच वार्ता भइरहेको छ।
Shares
प्रतिक्रिया